स्थानीय तह निर्वाचन २०७९

तनहुँको व्यासमा दिपकलाई हराउँदै कांग्रेसका वैकुण्ठ निर्वाचित

इकागज |
जेठ ९, २०७९ सोमबार ५:३७ बजे

फाइल फोटो

काठमाडौँ - तनहुँको व्यास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ नाथ न्यौपाने विजयी भएका छन् । उनले १२ हजार ७८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दिपक राज जोशीले ११ हजार ८२६ मत पाए । 

यस्तै उपप्रमुखमा कांग्रेसकै इन्दिरा दरै निर्वाचित भएकी छिन् । उनले १२ हजार ४९८ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन् । यहाँ स्वतन्त्र उम्मेदवार र एमालेबीच गठबन्धन भएको थियो ।


यो नगरपालिकामा स्थानीय निर्वाचनका दिन कांग्रेस कार्यकर्ताले स्वतन्त्र उम्मेदवार जोशीलाई कुटपिट गरेका थिए । यो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगरसमेत हो । 


Author

थप समाचार
x