स्थानीय तह निर्वाचन २०७९

भरतपुरको मेयर बन्‍दै रेनु, १७२४ मत गन्‍न बाँकी हुँदा १२१४० मतले अगाडि

इकागज |
जेठ १०, २०७९ मंगलबार ६:६ बजे

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । रेनुले ५१११२ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका विजय ​सुवेदीभन्दा रेनु १२१४० मतले अगाडि छिन् । भरतपुरमा अब १७२४ मत मात्र गन्न बाँकी छ ।

सुवेदीले ३८९७२ मत प्राप्त गरेका छन् ।  जगन्नाथ पौडेलले १४७२७ मत ल्याएका हुन् ।


नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ५१९०३ र राप्रपाकी हिमला गुरुङले ३०३२६ मत ल्याएकी छिन् ।

भरतपुरमा १ लाख २५ हजार ८ सय ४२ मत गणना गरिएको छ । निर्वाचनमा कूल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेको थियो । 

र, यो पनि


Author

थप समाचार
x