रुपन्देहीको कोटहीमाईमा लाेसपा विजयी
भैरहवा - रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण निर्वाचित भएका छन् । त्रिपाठी ४ हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार कलवार ४ हजार २ सय ३९ मत प्राप्त गरे । १२ जना प्रतिस्पर्धी रहेको पालिका अध्यक्षमा त्रिपाठीले कलवारलाई ३ सय ९९ मतले पछि पार्दै विजय निकालेका हुन् ।
उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकै सुशीलाकुमारी यादव निर्वाचित भएकी छन् । यादवले निकटतम प्रतिस्पर्धाी नेपाली कांग्रेसकी गुजराती यादवलाई १ हजार २ सय ९४ मतले पछि पार्दै विजय निकालेकी हुन् । गुजरातीले ३ हजार ४ सय ४२ मत प्राप्त गरिन् भने निर्वाचित सुशीला यादवले ४ हजार ७ सय ३६ मत पाइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया