स्थानीय तह निर्वाचन २०७९

रुपन्देहीको कोटहीमाईमा लाेसपा विजयी

इकागज |
जेठ १०, २०७९ मंगलबार ६:१९ बजे

भैरहवा - रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण निर्वाचित भएका छन् । त्रिपाठी ४ हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका हुन् ।  

उनका निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार कलवार ४ हजार २ सय ३९ मत प्राप्त गरे । १२ जना प्रतिस्पर्धी रहेको पालिका अध्यक्षमा त्रिपाठीले कलवारलाई ३ सय ९९ मतले पछि पार्दै विजय निकालेका हुन् ।


उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकै सुशीलाकुमारी यादव निर्वाचित भएकी छन् । यादवले निकटतम प्रतिस्पर्धाी नेपाली कांग्रेसकी गुजराती यादवलाई १ हजार २ सय ९४ मतले पछि पार्दै विजय निकालेकी हुन् । गुजरातीले ३ हजार ४ सय ४२ मत प्राप्त गरिन् भने निर्वाचित सुशीला यादवले ४ हजार ७ सय ३६ मत पाइन् ।


Author

थप समाचार
x