स्थानीय तह निर्वाचन २०७९

पदभार ग्रहण गरेपछि धरानका मेयर हर्कले के निर्णय गरे ?

इकागज |
जेठ १०, २०७९ मंगलबार १३:५५ बजे

काठमाडौँ- सुनसरीको धरान उपमहानगरपालिका मेयरमा निर्वाचित हर्कराज साम्पाङले पदभार ग्रहण गरेका छन् । मंगलबार उपमहानगरको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

राईले स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित तुल्याउन राजश्वसम्बन्धी कार्यदल गठन गर्ने पहिलो निर्णय सदर गरेका छन् । 


वरिष्ठ राजश्व तथा सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले पेश गरेको राजश्व अध्ययन कार्यदल गठनसम्बन्धी प्रस्ताव प्रमुख राईले सदर गरेका हुन् । उनको निर्णय अनुसार उपप्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

कार्यदलको सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित अर्थशास्त्री एकजना, सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष वा निजले तोकेका प्रतिनिधि र राजश्व महाशाखा प्रमुख सदस्य सचिव रहने छन्।

प्रमुख राईले सोमबारै जिल्ला अदालत सुनसरीका १ नम्बर न्यायाधीश कैलाश सुवेदीबाट सपथ ग्रहण गरेका थिए । सोमबार नै उनले उपप्रमुख आइन्द्रविक्रम बेघासहित १०१ जना जनप्रतिनिधिलाई सपथ खुवाएका थिए ।


Author

थप समाचार
x