स्थानीय तह निर्वाचन २०७९

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

इकागज |
जेठ १६, २०७९ सोमबार १६:१३ बजे

त्रियुगा नगरमापलिकामा कांग्रेस उम्मेदवार बसन्सकुमार बस्नेत मेयर निर्वाचित भएका छन् । विवादका कारण ढिलो गरी सम्पन्न मतपरिणाममा कांग्रेस उम्मेदवार बस्नेतले एमाले उम्मेदवार भागवत राउतलाई २ हजार ८३ मतान्तरले पराजित गरेका हुन् । 

बस्नेतले १३ हजार ९ सय ५९ मत प्राप्त गरे भने राउतले ११ हजार ८ सय ७३ मत प्राप्त गरेका थिए । यसैगरि समाजवादीका बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरेका थिए । चौधरी निवर्तमान मेयर हुन् । अहिले निर्वाचित बस्नेत २०७४ सालको स्थानीय चुनावमा ६३ मतको झिनो मतान्तरले हारेका थिए । 


उपमेयरमा एमालेकी महेश्वरी राईले कांग्रेस उम्मेदवार सरिता राई दुई हजार बढी मतान्तरले हराइन् । महेश्वरीले १३ हजार ७ सय ३ मत प्राप्त गर्दा सरिताले ११ हजार ९ सय ८१ मत प्राप्त गरेकी थिइन् । उपमेयरमै माओवादी केन्द्रकी गीता खड्का कार्कीले ६ हजार ५ सय ६८ मत प्राप्त गरेकी थिइन् । त्रियुगामा रहेका १६ वडामा ९ मा कांग्रेस, ४ मा एमाले र ३ मा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । 
 


Author

थप समाचार
x