काभ्रेमा मदिरा पिउन र बेच्न पूर्णरुपमा निषेध
काभ्रे- स्थानीय तहको निर्वाचन आउन ४ दिन बाँकी रहँदा काभ्रे जिल्लाभर मादक पदार्थ पिउन र बेच्न प्रतिबन्ध लगाईएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा जारी सूचनामा मादक पदार्थ पिउन र बेच्न नपाईने उल्लेख गरिएको छ।
निर्वाचनलाई केन्द्रित गरेर जिल्ला भर मदिरा पिउन र बेच्न पूर्णरुपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। वैशाख ३१ गतेसम्म मादक पदार्थ बिक्री वितरण र उपभोगजन्य कार्यलाई पूर्णरूपमा निषेध गरिएको प्रशासन कार्यालयले जनाएको छ। स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउन यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया