स्थानीय तह निर्वाचन २०७९

गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन खड्काकाे आग्रह

इकागज |
बैशाख २७, २०७९ मंगलबार १९:५ बजे

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका छन् । सुर्खेतका विभिन्न पालिकामा आयोजित छुट्टाछुट्टै आमसभामा बोल्दै खड्काले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन अपिल गरेका छन् । 

पुर्वगृहमन्त्रीसमेत रहेका नेता खड्काले कोही कसैले रुख वा हसिया हतौडामा भोट हाल्न आनाकानी नगर्न आग्रह गरे । खड्काले संविधान मास्नेविरुद्ध अहिले पाँच दलिय गठबन्धन बनेको भन्दै संविधानको रक्षाको लागी गठबन्धनको जित आवश्यक रहेको बताए । 


नेकपा एमालेको सरकारले जनताका अधिकार मास्ने र प्रतिगमनको यात्रा थालेपछि त्यसविरुद्ध गठबन्धन  गरिएको स्पष्ट पारे । 

खड्काले गठबन्धन शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि रहेको बताएका छन् । कसैलाई जिताउन वा हराउनका लागि नभई संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको बताएका छन् । संविधान र गणतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनाइएको खड्काको भनाई थियो । ‘गिरिजा र प्रचण्डले सुरुवात गरेको जुन् शान्ति प्रक्रिया छ त्यसलाई पूर्णता दिन आवश्यक छ’ खड्काले भने, ‘त्यसैले यो गठबन्धन स्थनीय चुनाव जित्न मात्र होइन शान्ति र विकासका लागि आवश्यक छ ।’

उनले एमालेका केपि शर्मा ओलीका कारण सुरु गरिएको शान्ति प्रक्रियाले पूर्णता नपाएको भन्दै अब निर्मँण हुने गठबन्धनको सरकारले यसलाई पूर्णता दिने बताए । 
उनले नागरिकका अधिकार रक्षा र प्रेस स्वतन्त्रताका लागि पनि गठबन्धनले जित्न आवश्यक रहेको औल्याए । 
 

केपी ओलीले जनताका अधिकार मास्ने उद्देश्यले प्रतिगमनको यात्रा थालेपछि त्यसविरुद्ध काँग्रेस, माओवादी लगायतका दलहरु गठबन्धनमा संगठित भएर संघर्षमा होमिएको कार्याकर्तालाई प्रष्ट पारे । ‘ओलीको अहंकार, एमालेको प्रतिगमनकारी, गणतन्त्रविरोधी कृयाकलापलाई परास्त गरी संविधान बचाउनका लागि गठबन्धन गरेका हौं ।’ खड्काले भने ।

कांग्रेसका उपसभापति खड्काले गठबन्धन बाहेकका दललाई भोट हाले पार्टीले कारवाही गर्ने बताए । उपसभापति खड्काले विकासका कामहरुलाई निरन्तरता दिनको लागि गठबन्धनलाई विजयी गराउन  वीरेन्द्रनगरका मतदातालाई आग्रह गरेका छन् ।  
खड्काले  आजै सुर्खेतको सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा आयोजित आमसभालाई सम्बोधन गरेका छन् । गुर्भाकोट नगरपालिका बाहेक यी पालिकामा काँग्रेस र माओवादीको गठबन्धनका उम्मेदवार रहेका छन् ।


Author

थप समाचार
x