स्थानीय निर्वाचन
११ सय महिलासहित ६५ वर्ष माथिका ५५ सय बढी उम्मेदवार
३६ देखि ५० वर्ष उमेर समूहका ६७ हजार
काठमाडौँ - स्थानीय तहको निर्वाचनमा विभिन्न उमेर समूहका उम्मेदवार बनेका छन् । युवायुवती, वयस्क र ज्येष्ठ नागरिक समेत दल र स्वतन्त्रगरी उम्मदवार बनेका छन् । नगर प्रमुख, अध्यक्ष, उपप्रमुख ,उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यका लागि उम्मेदवार मनोनयन भएका छन् ।
देशभरबाट ६५ वर्ष माथिका ५ हजार ५२७ जनाले उम्मेदवारी दिएका छन् । पुरुष ४ हजार ३५० र महिला १ हजार १ सय ७७ जना छन् । ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवारहरूको संख्या बढी रहेको छ । ३९ हजार ६६९ पुरुष २७ हजार ४९३ महिला उम्मेदवारको नाम दर्ता भएको छ ।
सो उमेरका सबैभन्दा बढी वडा अध्यक्षमा उम्मेदवार परेको छ । वडा अध्यक्ष १४ हजार ७५२ पुरुष र महिला ४९६ रहेका छन् । नगर प्रमुखमा पुरुष १ हजार ३१२ र महिला १२०, गाउँपालिका अध्यक्ष १ हजार ३९२ पुरुष र महिला ७८ जना छन् ।
विभिन्न उमेर समूह अन्तर्गत २१ देखि ३५ वर्षसम्मका पुरुष १८ हजार ७८० र महिला १६ हजार ४८७ उम्मेदवार बनेका छन् । ५१ देखि ६५ वर्षसम्म समूहमा पुरुष उम्मेदवार २६ हजार ५१५ र महिला १० हजार ५३९ जना छन् ।
त्यसैगरी, ६५ वर्षमाथिका पुरुष तथा महिला उम्मेदवार पनि छन् । सो उमेर समूहमा ४ हजार ३५० पुरुष र महिला १ हजार १७७ जना छन् ।
नगर प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको कूल संख्या १ लाख ४५ हजार १० जना छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया