स्थानीय तह निर्वाचन २०७९

सर्लाहीको धनकौलमा गोली चल्यो, अहिलेसम्म सुरु भएन मतदान

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार ११:२२ बजे

फाइल तस्‍बिर

जनकपुरधाम - सर्लाहीको धनकौलमा गोली चलेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउन्ड गोली प्रहार गरेका छन् ।

राजनैतिक दलका नेता कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेका हुन् ।


प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धनकौलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको जानकारी दिए । राजनीतिक दलका कार्यकर्ताहरूबीच ढुंगा हानाहान समेत भएको छ ।

विवाद भएको मतदान स्थलमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । राजनीतिक दलहरूबीच छलफल चलिरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए । त्यस्तै सर्लाहीकाे बसबरियामा विवाद उत्पन्न हुँदा  झडप भएकाे छ ।


Author

थप समाचार
x