सर्लाहीमा निर्वाचन अधिकृत नै प्रहरी नियन्त्रणमा
प्रतिकात्मक तस्बिर
जनकपुरधाम - सर्लाहीमा प्रहरीले एक मतदान अधिकृतलाई नियन्त्रणमा लिएकाे छ । जिल्लाकाे बलरा नगरपालिका-३ गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशाेर साहलाई प्रहरीले नियन्त्रणमा लिएकाे हो ।
मतदान अधिकृत साहले स्वयंले मतदातालाई चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिईएकाे प्रहरी उपरीक्षक प्रविण पाेखरेलले जानकारी दिए । हाल त्यहाँ मतदान अवरुद्द भएकाे छ ।
मतदान सुचारु गराउने प्रयास भइरहेकाे पाेखरेलले बताए । हाल मतदान स्थगित गरेर छलफल भइरहेकाे बलरा नगरपालिकाका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया