स्थानीय तह निर्वाचन २०७९

मुगुमा एक घण्टा पैदल हिडेर किरियापुत्रीले गरे मतदान

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार १३:४९ बजे

सुर्खेत - मुगुमा किरिया बसेका तीन जना किरियापुत्रीले मतदान गरेका छन् । आमाको किरियामा रहेका खत्याड गाउँपालिका –८ सुकाढिकका तीन दाजुभाइले मतदान गरेका हुन् ।

आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टाको पैदल यात्रा गरेर मतदान केन्द्र आएका थिए । उनीहरूले खत्याड गाउपालिका–८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न् ।


किरिया बस्ने दाजुभाइमा खत्याड गाउपालिका–८ सुकाढीक गाउँका ५६ वर्षीया कबिराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले मतदान गरेका थिए ।

पाँच वर्षमा एकपटक आउने स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले आफ्नो अमूल्य मतदान गर्न यहाँ आएको जेठा छोरा कबिराज कार्कीले बताए । आमाको आजको कामलाई २/३ घन्टा थाती राखेर पनि हामी ३ भाइ मतदान गर्न पुगेको माइला भाइ वीर बहादुर कार्कीले बताए ।


Author

थप समाचार
x