स्थानीय तह निर्वाचन २०७९

मनाङको चामे र नार्पाभूमि गाउँपालिका अध्यक्षमा घले र लामा विजयी

इकागज |
बैशाख ३१, २०७९ शनिबार ६:१३ बजे

काठमाडौँ - मनाङको चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । 

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाइन् ।


चामेको वडा नम्बर १को अध्यक्षमा एमालेका र २ नम्बरमा कांग्रेसका वडाध्यक्षा निर्विरोध निर्वाचित भएका थिए । वडा ३  र ४ मा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ५मा वडा अध्यक्षमा दुवै दलका उम्मेदवारले ३०-३० मत पाएका छन् ।

यस्तै मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । लामा १५८ मत ल्याएर लामा विजयी भएका हुन् । लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् ।


Author

थप समाचार
x