मकवानपुरमा मतगणना सुरु, गठबन्धनको अग्रता
मकवानपुर - स्थानीय तह सदस्य निर्वाचन २०७९ को मत गणना कार्य सुरू गरिएको छ । जिल्लाको भिमफेदी र मनहरी गाउँपालिकाहरूमा बिहान ६ बजेसम्मको नतिजामा गठबन्धनले अग्रता लिएको छ ।
भिमफेदी गाउँपालिकामा ८ सय ११ मत गणना गर्दा गठबन्धनको अध्यक्ष ४०५, उपाध्यक्ष ४११ र नेकपा एमाले अध्यक्ष ३१५ उपाध्यक्ष ३०५ मत पाएका छन् । यसैगरी मनहरी गाउँपालिकामा गठबन्धन १४२ र एमाले ६४ मत पाएको छ ।
बागमती गाउंपालिका,मकवानपुरगढी गाउँपालिका,थाहा नगरपालिकालगायतमा भने ६ बजेपछिबाट मतगणनाको कार्य सुरू गदिदै छ । मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठकाअनुसार हेटौंडा उपमहानगरपालिकाको मतगणनाको कार्य उम्मेदवारबीचको सहमतिपछि आज ७ बजेपछिमात्रै गणनाकार्य सुरु हुने छ ।
हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाको मतगणनाका लागि हेटौंडाको सिद्दार्थ माबिमा ४ वटा कोठा तयार पारिएको छ। हेटौंडाको १, २, १८, १९ नम्बर वडाको एकसाथ सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । सतर्कताका साथ मतगणना गरिने र सुरुमा केही सुस्त भए पनि कुनै किसिमको समस्या नहोस् भनी गणना गरिने श्रेष्ठको भनाइ छ ।
मतगणनामा खटिने गणकहरु क्रमशः अभ्यस्त हुँदै जाँदा मतगणनाको कार्य छिटो हुने श्रेष्ठले बताए । मकवानपुरमा जिल्लामा ७० प्रतिशत मतदान भएको थियो । मतगणना स्थललाई सुरक्षित बनाउन सिसि क्यामरा र तालजालीको ब्यवस्थापन गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया