स्थानीय तह निर्वाचन २०७९

रसुवामा मतगणना सुरू

इकागज |
बैशाख ३१, २०७९ शनिबार ८:२५ बजे

रसुवा - शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गए रातिदेखि सुरू भएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तर गया, कालिका र नौ कुण्ड गाउँपालिकामा मतगणना  सुरू भएको हो । गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत वडा नं ४ लाङटाङ केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले एक  गाउँपालिकाको गणना आज साँझदेखि मात्र सुरू हुने बताइएको छ ।

पाँच गाउँपालिकाको कूल ३८ हजार ५४५ मतदातामध्ये ५१ मतदान केन्द्रबाट करिब ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।भौगोलिक विकटताका कारण पैदल मार्गबाट लाङटाङको मतपेटिका आज बिहानै धुन्चे सदरमुकाम प्रस्थान गराई सकिएको जनाइएको छ । अहिलेसम्म करिब एक हजारभन्दा बढी मतगणना भइसकेको छ ।  रासस



Author

थप समाचार
x