डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसको अग्रता
धनगढी - प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याउँदा असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत ल्याएका छन् ।
यो पालिकामा कांग्रेसविरुद्ध नेपाली कांग्रेस (बीपी) र एमालेले चुनावी तालमेल गरेको थियो । उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४ सय ५२ मत ल्याउँदा एमालेका ईन्द्रबहादुर महराले २ सय ७५ मत ल्याएका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार चन्द्रबहादुर मल्ल १ सय ४० मत ल्याएर तेस्रो स्थानमा छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया