बर्दियाको गुलरियामा कांग्रेस उम्मेदवार अगाडि
काठमाडौँ - बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका मेयर उम्मेदवार मुक्तिनाथ यादवले ९ सय ५४ मत ल्याएका छन्। एमालेका अमरबहादुर खड्काले ४ सय ५७ मत प्राप्त गरि उनलाई पच्छ्याइरहेका छन्। माओवादीका मेयर उम्मेदवार गेहेन्द्रप्रसाद ढकालले १ सय ८७ मत ल्याएर तेस्रो नम्बरमा छन् ।
उप मेयरमा पनि कांग्रेसले नै अग्रता लिएको छ । उपमेयमा कांग्रेस उम्मेदवार सावित्रा गौतमले ९ सय ५३ मत ल्याएकी छन् ।
त्यस्तै बर्दियाको मधुवनमा कांग्रेसको सुरुवाती अग्रता छ । वडा न १ मा मेयरमा नेपाली कांग्रेस १६८, माओवादी १३३, एमालेको ८० मत आएको छ। त्यस्तै गुलरिया १ को मतगणनामा पनि काँग्रेसको अग्रता कायम छ । २५८ मत गन्दा नगर प्रमुखमा रूख १२२, सूर्य ४३, हँसिया हथौडा २५, हर्न २५ मत पाएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया