स्थानीय तह निर्वाचन २०७९

प्यूठानको सरुमारानी गाउँपालिका एमाले अगाडि

विक्रम खड्का |
बैशाख ३१, २०७९ शनिबार ९:१० बजे

बुटवल - प्यूठानमा नेकपा एमाले फराकिलो मतान्तरले अगाडी देखिएको छ । एमालेबाट गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले ६ सय ४५ र नेपाली कांग्रेसका मुकुन्दराज शर्माले २ सय ४३ मत लिएका छन् ।

उनीहरुबीच ४ सय २ मतको मतान्तर छ । उपाध्यक्षमा एमालेकी बसन्ता खड्काले ६ सय ४० र नेकपा माओवादीका गुप्त बहादुर रानाले २ सय ६९ मत लिएका छन् । उपाध्यक्षमा ३ सय ७१ को मतान्तर छ । यहाँ कांग्रेस र माओवादीको गठबन्धन छ । यो मत परिणाम वडा नम्वर ६ को ९ सय ४० मत गणनाको हो । सरुमारानीमा कुल ८ हजार ९ सय ९४ मत खसेको छ ।



Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x