स्थानीय तह निर्वाचन २०७९

रुपन्देहीको रोहिणीमा २ सय मतगणना: कसले कति मत ल्याए ?

विक्रम खड्का |
बैशाख ३१, २०७९ शनिबार ९:१३ बजे

बुटवल - रुपन्देहीको रोहिणी गाउँपालिकाको प्रारम्भिक मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिले सम्म २ सय मतगणना भएको छ । वडा नम्बर १ बाट सुरु भएको मतगणना अनुसार अध्यक्ष पदमा राप्रपा को उम्मेदवारले ७८ मत प्राप्त गरेका छन भने जसपाले ४९ मत प्राप्त गरेको छ ।

यस्तै नेपाली कांग्रेस २८ मत सहित तेश्रो र नेकपा एमाले १३ मत सहित चौथो स्थानमा रहेको छ । उपाध्यक्ष पदमा राप्रपाले ६१ मत प्राप्त गर्दा जसपाले ४३, नेकपा एमालेले १६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसै गरि वडा अध्यक्षको लागी राप्रपाले ६९ मत प्राप्त गरेको छ भने कांग्रेसले ५५ मत प्राप्त गरेको छ । जसपाले ३१ मत प्राप्त गर्दा नेकपा एमालेले १५ मत प्राप्त गरेको छ ।



Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x