स्थानीय तह निर्वाचन २०७९

धादिङको गल्छीमा १ हजार मत गन्दा एमाले अगाडि

इकागज |
बैशाख ३१, २०७९ शनिबार १२:१८ बजे

काठमाडौँ - धादिङको गल्छी गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ।  गाउँपालिकामा १ हजार गणना हुँदा एमाले २२४ मतले अगाडि देखिएको हो। 

 निर्वाचन अधिकृत दिपेन्द्र सुवेदीले दिएको जानकारीअनुसार गाउँपालिका अध्यक्षमा एमालेका केदारनाथ खतिवडाले ५७७ एमालेले ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका कृष्णहरी श्रेष्ठले भने ३५३ मत ल्याएका छन्। उनी योभन्दा अघि गाउँपालिका अध्यक्ष रहेका थिए। 


गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांगेसका भाइकाजी तिवारी अगाडि रहेका छन्।  उनले ४८६ मत ल्याएका छन्। एमालेकी राधा लामिछानेले ४४८ ल्याएकी छिन्। अहिलेसम्म वडा नं १ को मात्रै गणना भइरहेको छ।  वटा नं १ मा अध्यक्षतर्फ एमालेका यदुकुमार खतिवडाले ४ सय ९२ मत ल्याएका छन् भने नेकपा एकीकृत समाजवादीका माधव प्रसाद खतिवडाले ४४२ मत ल्याएका छन्।


Author

थप समाचार
x