भक्तपुर नगरपालिकामा सुनिललाई ९० प्रतिशत मत
काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत वैशाख ३० मा भएको निर्वाचनमा भक्तपुर नगरपालिकामा जारी मतगणनामा सुनिल प्रजापति निकै अगाडी छन् । नेपाल मजदुर किसान पार्टीका तर्फबाट मेयरका उम्मेदवार प्रजापतिले हालसम्म ३९ सय ५१ मत ल्याएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्र लाछिमस्यूले ३ सय ७१ मत मात्रै प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ । सुनिलले ल्याएको यो मत कुल गणनामध्येको ९० प्रतिशत हो । त्यस्तै नेमकिपाका तर्फबाट उपप्रमुख रजनी जोशीले ३९ सय ९१ मत प्राप्त गर्दा एमालेबाट प्रतिष्पर्धामा रहेकी रञ्जना खर्वुजाले ३९८ मत प्राप्त गरेकी छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया