स्थानीय तह निर्वाचन २०७९

भक्तपुर नगरपालिकामा सुनिललाई ९० प्रतिशत मत

इकागज |
बैशाख ३१, २०७९ शनिवार १९:२६ बजे

काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत वैशाख ३० मा भएको निर्वाचनमा भक्तपुर नगरपालिकामा जारी मतगणनामा सुनिल प्रजापति निकै अगाडी छन् । नेपाल मजदुर किसान पार्टीका तर्फबाट मेयरका उम्मेदवार प्रजापतिले  हालसम्म ३९ सय ५१ मत ल्याएका छन्  ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्र लाछिमस्यूले ३ सय ७१ मत मात्रै प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।  सुनिलले ल्याएको यो मत कुल गणनामध्येको ९० प्रतिशत हो । त्यस्तै नेमकिपाका तर्फबाट उपप्रमुख रजनी जोशीले ३९ सय ९१ मत प्राप्त गर्दा एमालेबाट प्रतिष्पर्धामा रहेकी रञ्जना खर्वुजाले ३९८ मत प्राप्त गरेकी छन्। 



Author

थप समाचार
x