वीरगञ्ज महानगरः त्रिपक्षीय भिडन्तमा जसपाका सिंहको अग्रता
काठमाडौं– वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।
वडा नम्बर ३१ को १७५ मत गणना हुँदा सिंहले ७९ मत ल्याएर अग्रता लिएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका विजयकुमार सरावगीले ५३ मत मात्र ल्याएका छन् । त्यस्तै, राप्रपाका गिरिस गिरीले २ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उपमेयर उम्मेदवार इम्तियाज आलमले ३९ मत ल्याएका छन् भने राप्रपाकी बिना जैयसवालले ५ मत ल्याएकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया