स्थानीय तह निर्वाचन २०७९

गुल्मीको रेसुंगाको मेयर र उपमेयरका कांग्रेस विजयी

इकागज |
बैशाख ३१, २०७९ शनिबार २२:१२ बजे

काठमाडौं– नेपाली कांग्रेसका उम्मेदवारले गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर जितेको छ । नेकपा एमालेका उम्मेद्वारलाई पछि पार्दै कांग्रेसले जितेको हो।

यो नगरमा कांग्रेसको तर्फबाट मेयरमा खिलध्वज पन्थी र उपमेयरमाअमृतादेवी कुँवर चुनावी मैदानमा थिए । मतगणनापछि पन्थीले ८ हजार ६ सय १४ मत ल्याए । उनका प्रतिष्पर्धी एमालेका राजेन्द्र पाण्डेले सात हजार २ सय ६२ मत ल्याएका छन्।


त्यस्तै, उपमेयरमा विजयी कुँवरले ७ हजार ७ सय ६० लिएकी छन् भने प्रतिस्पर्धी एमालेकी रिता पाण्डेले ६ हजार ५ सय ३५ मत लिएकी छन् । उपमेयरमा १ हजार २ सय २६ मतान्तर भएको छ । कांग्रेसको विजयी भएपनि औपचारिक घोषणा भने हुन बाँकी छ ।


Author

थप समाचार
x