काठमाडौं महानगरमा फराकिलो बनाउँदै बालेन, स्थापितभन्दा १ सय २३ मतले अगाडि
काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् । २ हजार ६ सय ८२ मतगणना हुँदा शाहले ८ सय ४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापितले ७ सय २३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ सय ९ मत प्राप्त गरेकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया