स्थानीय तह निर्वाचन २०७९

टोखामा प्रकाशलाई पछ्याउँदै रजनी

इकागज |
जेठ १, २०७९ आइतबार ०:३९ बजे

काठमाडौं– ४ हजार ९१ मतगणना हुँदा काठमाडौंको टोखा नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । टोखाको प्रमुखमा एमालेका मेयर उम्मेदवार प्रकाश अधिकारीले १ हजार ६ सय १९ मतसहित अग्रता लिएका हुन् । 

उनलाई नेपाली कांग्रेसकी रजनी थापाले १ हजार ३ सय ६३ मतसहित पछ्याइरहेकी छन्।


यहाँ उपप्रमुखमा पनि एमालेकै अग्रता रहेको छ । उपमेयरमा पनि एमालेका ज्ञानमाया डंगोलले अग्रता बनाएकी छन् । उनले १ हजार ५ सय २६ मत पाउँदा कांग्रेसका मुरारी तामाङले १ हजार ३ सय ६९ मत पाए ।
 


Author

थप समाचार
x