स्थानीय तह निर्वाचन २०७९

ललितपुरमा चिरीबाबुकै अग्रता, व्यञ्जनकारभन्दा २ सय ३७ मतले अगाडि

इकागज |
जेठ १, २०७९ आइतबार ०:५१ बजे

काठमाडौं– ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् । शनिबार सुरु भएको मत ८०० मत गन्दा चिरीबाबुले ४१७ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८० मत पाएका छन् ।


त्यस्तै, उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य बज्राचार्यले ११४ र नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४० मत पाएका छन् ।

यसअघि २०७४ सालमा पनि महर्जन मेयर पदमा निर्वाचित भएका थिए । 


Author

थप समाचार
x