१७ पालिकामा मतगणना सकियाे : कुन दलले कति जिते ?
काठमाडाैँ – स्थानीय तह निर्वाचन २०७९ अर्न्तगत हालसम्म मतगणना सकिएका १७ पालिकामध्ये नेपाली कांग्रेसले ७ स्थानमा विजय हासिल गरेकाे छ भने नेकपा एमालेले ६ पालिकामा विजयी भएकाे छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले २ पालिकाको प्रमुख जितेका छन्।
माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिकामा एमाले, कांग्रेस, एकीकृत समाजवादीसहितको गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिट हासिल गरेकाे छ ।
अहिलेसम्म निर्वाचित भएकामध्ये मनाङको नासोँ गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल थियो। त्यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित भएका छन् ।
त्यसबाहेक अन्यमा भने दलहरु एक्ला-एक्लै प्रतिस्पर्धामा थिए। शुक्रबार सम्पन्न स्थानीय तहको चुनावको नतिजा आउने क्रम जारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया