स्थानीय तह निर्वाचन २०७९

हेटाैंडामा अनन्त भर्सेज मिना : १४ काे मतान्तर

इकागज |
जेठ १, २०७९ आइतबार ५:५७ बजे

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा बिहान ५:४५ बजेसम्मको नतिजा अनुसार एमालेले अग्रता लिएको छ । हालसम्म कुल ५००२ मत गणना गर्दा हेटौंडामा एमालेको मेयरका उम्मेदवार अनन्त पौडेलले १४ मतले अग्रता लिएका छन् भने गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार मिना लामाले पौडेललाई पछ्याईरहेकी छिन् ।

हेटौंडाको मेयरमा एमालेले १५१५ गठबन्धनले १५०१ प्राप्त गरेको छ । राप्रपाका उम्मेदवार दिपकबहादुर सिहले १३८४ प्राप्त गरेका छन् । उपमेयरतर्फ भने गठबन्धनको अग्रता कायमै छ । गठबन्धनबाट उम्मेदवार राजेश बानियाँले २२२७ मत पाउँदा एमालेको उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले १८०६ मत पाएकी छिन । उपमेयरमा राप्रपाले इन्दिरा डल्लाकोटिले ४२१ मत पाएकी छिन् ।



Author

थप समाचार
x