स्थानीय तह निर्वाचन २०७९

मोरङमा १३ वडाध्यक्षसहित ६५ जना निर्वाचित

इकागज |
जेठ १, २०७९ आइतबार १२:१० बजे

विराटनगर - मोरङमा मङतगणनाको २४ घण्टामा १३ जना वडाध्यक्षसहित ६५ जना जनप्रतिधि निर्वाचित भएका छन् । वडाध्यक्षमा सवैभन्दा बढि नेपाली कांग्रेसका ७, एमालेका ५ र माओवादी केन्द्रबाट १ जना निर्वाचित भएका हुन् ।

कानेपोखरी गाउँपालिका १ मा रत्न बहादुर कार्की, जहदा गाउँपालिका ७ मा भगवान मरण्डी, मिक्लाजुङ गाउँपालिका १ मा पर्वत राई र २ मा बलबहादुर श्रेष्ठ कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी लेटाङ नगरपालिका ९ मा नन्दप्रसाद खतिवडा, सुनबर्षी नगरपालिका १ मा वीर बहादुर राई र २ मा विनोद कुमार राजवंशी वडाध्यक्षमा कांग्रेसबाट निर्वाचित भएका हुन् ।


एमालेबाट वडाध्यक्षमा कटहरी गाउँपालिका १ मा छरिनारायण राजवंशी, कानेपोखरी गाउँपालिका ७ मा मोहन प्रसाद अधिकारी, केराबारी गाउँपालिका १ मा शरण थापा मगर, ग्रामथान गाउँपालिका ७ मा विरेन्द्र चौधरी र लेटाङ नगरपालिका १ मा बिष्णु मगर निर्वाचित भएका हुन् ।

मोरङमा माओवादी केन्द्रले धनपालथान गाउँपालिका १ मा खाजा हुसैन मियाँ निर्वाचित भएका छन् । सदस्यहरूमा ४८ जना निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

जिल्लाका १७ वटा पालिकामा १५९ वटा वडा रहेका छन् । पालिकाहरूमा मतगणना जारी रहेका कारण प्रमुख र उपप्रमुखहरूको मतपरिणाम आइसकेको छैन । वडाहरूको मतपरिणाम आउने क्रम भने जारी रहेको जनाइएको छ ।


Author

थप समाचार
x