स्थानीय तह निर्वाचन २०७९

कन्चनपुरको भिमदत्तमा १०० मतपत्रको बण्डलमा १२० मतपत्र भेटिएपछि मतगणना स्थगित

इकागज |
जेठ १, २०७९ आइतबार १४:२ बजे

कन्चनपुरमा - भीमदत्त नगरपालिकाको मतगणना स्थगित भएको छ । भीमदत्त नगरपालिका-२ को मतगणना गर्ने क्रममा एक सय मत पत्रको बण्डलमा एक सय २० मतपत्र गणना भएको भेटिएपछि मतगणना स्थगित भएको हो ।

भिमदत्त नगरपालिकाको मतगणना स्थल जिल्ला समन्वय समिती परिसरमा अहिले तनावग्रस्त बनेको छ । सुरक्षा व्यवस्था कडा परिएको छ भने थप सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


मतगणना स्थलमा राजनीतिक दल एमाले, माओवादी, राप्रपाका प्रतिनिधिहरूले नारा जुलुस गरिरहेका छ्न् ।

अहिले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, निर्वाचन अधिकृतसहित राजनितिक दलका प्रतिनिधिबीच सर्वदलीय बैठक बसिरहेको छ ।


Author

थप समाचार
x