स्थानीय तह निर्वाचन २०७९

हारेका उम्मेदवार जब आफैंलाई जितेकासँगै र्‍यालीमा हिँडे

इकागज |
जेठ १, २०७९ आइतबार १९:१६ बजे

प्यूठान– यहाँको झिमरुक गाउँपालिका–१ को अन्तिम मत परिणाम आयो । विजयी भए नेकपा एमालेका धु्रवराज खनाल । पराजित भए अर्का उम्मेदवार रामबहादर जिसी । उनी राष्ट्रिय जनमोर्चाका हुन् ।

खनाल चुनावी परिणाम आफ्नो पक्षमा आएपछि विजयोत्सव बनाउँदै गाउँ निस्के । उनी प्रतिष्पर्धीको घर छेउमा पनि पुगे । त्यही थिए उनीसँगै पराजित उम्मेदवार जिसी।


जिसीले सौहार्दता देखाए । उनले वियम मनाइरहेका विजयी उम्मेदवार खनाललाई अबिर र माला लगाइदिए । बधाई दिए । यति मात्रै हैन उनी सँगै विजयी ¥यालीमा पनि निस्के । ‘चुनावी स्पर्धामा हार र जित सामान्य प्रक्रिया हो,’ उनले भनेका छन्, ‘अब गाउँको विकासका लागि हातेमालो गर्छु ।’

मतगणना अनुसार एमालेका खनालले १ हजार ९ सय जिसीले ६ सय १९ मत ल्याए । जिसी गाउँकै अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक र खनाल सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए।


Author

थप समाचार
x