स्थानीय तह निर्वाचन २०७९

सिन्धुपाल्चोकका ४० वडाको मत परिणाम सार्वजनिक, कहाँ कसले जिते ?

दुर्गा आचार्य |
जेठ १, २०७९ आइतबार २२:३१ बजे

फाइल फोटो

काठमाडौँ । स्थानीय तह निर्वाचन सकिएपछि धमाधम मतगणना भइरहेको छ । सिन्धुपाल्चोकका १२ स्थानीय तहहरूमा मतगणना भइरहेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार सिन्धुपाल्चोकका ४० वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । हालसम्म प्राप्त मतपरिणाम अनुसार कांग्रेसले २३ वडामा जित हासिल गरेको छ । एमालेले ११ वडा, माओवादीले पाँच वडा र स्वतन्त्रले १ वडामा जित हात पारेका छन् ।

भोटेकोसी गाउँपालिकाको तीन वडाको मतगणना सकिएको छ । तीन वडामा दुई वडामा काँंगेसले जितेको छ भने एक वडामा स्वतन्त्र उम्मेदवारले जितेका छन् । भोटेकोसी १ मा कांग्रेसका साङबु शेर्पाले जितेका छन् । उनले एमालेका फूर्वा शेर्पालाई पराजित गरे । वडा नम्बर २ मा कांग्रेसका कुमार श्रेष्ठ विजयी भएका छन् । उनले एमालेका माया तामाङलाई पराजित गरेका छन् । यसैगरी दलहरुका उम्मेदवारलाई पराजित गर्दै वडा नम्बर ३ मा निमा सोना शेर्पा स्वतन्त्रबाट विजयी भएका छन् । 


बाह्रबिसे नगरपालिकाको ६ वडामा मत गणना सकिँदा कांग्रेसले पाँच वडा र एमालेले एक वडा जितेको छ । बाह्रबिसे नगरपालिका १ मा कांग्रेसका आङ दोर्जे शेर्पा निर्वाचित भएका छन ।  उनले ४१५ मत ल्याए । उनले एमालेका प्रेम बहादुर मगरलाई पराजित गरेका हुन् । बाह्रबिसे नगरपालिका २ मा कांग्रेसका रेशम बहादुर तामाङ विजयी भए । उनले एमालेका जीत बहादुर तामाङलाई पराजित गरे । बाह्रबिसे ३ मा कांग्रेसका जीवन कुमार भण्डारी विजयी भए । उनले एमालेका राम श्रेष्ठलाई पराजित गरे । बाह्रबिसे ४ मा कांग्रेसका सेखर बहादुर भण्डारी विजयी भए । उनले एमालेका अर्थ लाल श्रेष्ठलाई पराजित गरे । बाह्रबिसे ५ मा कांग्रेसका श्याम बहादुर तामाङ विजयी भए । उनले एमालेका धन बहादुर तामाङलाई पराजित गरे । बाह्रबिसे ६ मा एमालेका कुल बहादुर श्रेष्ठ विजयी भए । उनले कांग्रेसका ङिमा दोर्जे शेर्पालाई पराजित गरे । 

यस्तै त्रिपुरासुन्दरीको दुई वटा वडाको निर्वाचन परिणाम आएको छ । १ मा कांग्रेसका सीताराम थापा विजयी भएका छन् । उनले माओवादी केन्द्रका हरिराम तिमल्सिनालाई पराजित गरेका छन् । यसैगरी २ मा कांग्रेसका  रमेश राउत विजयी भएका छन् ।  उनले  एमालेका रामसुन्दर थामीलाई पराजित गरेका छन् । यस्तै त्रिपुरासुन्दरी ३ मा एमालेका शिवकुमार कार्की निर्वाचित भएका छन् । उनले कांग्रेसका निमादोर्जे तामाङलाई पराजित गरेका छन् । 

यस्तै लिसंखुपाखर १ मा माओवादी केन्द्रका पासाङ लाल तामाङ निर्वाचित भएका छन् । उनले एमालेका प्रवल लामालाई पराजित गरेका छन् । वडा नम्बर २ मा कांग्रेसका विनय योञ्जन ४९६ मत ल्याउँदै विजयी भएका छन् । उनले एमालेका हस्त बहादुर लामा (४२४) लाई पराजित गरेका छन् । 

यता, सुनकोसी गाउँपालिका १ मा कुमार शाही ८८१ मत ल्याएर विजयी भएका छन् । उनले माओवादी केन्द्रका श्रीकृष्ण खत्री (५९८) लाई पराजित गरेका हुन् । यस्तै , सुनकोसी २ मा कांग्रेसका पुर्ण बहादुर महत ८३६ मत लयाएर विजयी भएका छन । उनले माओवादी केन्द्रका राम शरण बुढाथोकी (४६८) लाई पराजित गरेका हुन् । 

यस्तै बलेफी गाउँपालिकाको चार वडाको मतगणना सकिएको छ । तीन वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ मा हुप बहादुर खड्का ६७९ मतसहित विजयी भए । उनले माओवादी केन्द्रका दिलप्रसाद कर्माचार्य (५४१) लाई पराजित गरेका हुन् । यस्तै वडा नम्बर २ मा छविलाल न्यौपाने विजयी भएका छन्  । उनले माओवादी केन्द्रका पुरुषोतम सापकोटालाई पराजित गरेका हुन् ।  दुवै उम्मेदवारको मत ४९५ आएपछि गोलाप्रथाबाट न्यौपाने विजयी भएका हुन् । यस्तै वडा नम्बर ३ मा कांग्रेसका रितेश तामा विजयी भएका छन् । उनले माओवादीका फूलमान तामाङ  (३७५) लाई पराजित गरेका छन् । यस्तै वडा नम्बर ४ मा माओवादी केन्द्रका सुर्य बहादुर तामाङ ६६४ मत ल्याएर विजयी भएका छन् । उनले कांग्रसका उम्मेदवार राजु लामा (४८०) लाई पराजित गरेका छन् । 

यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका युवलाल श्रेष्ठले ६८५ मत ल्याएर निर्वाचित भएका छन् । उनले एमालेका सानुकान्छा श्रेष्ठ (६६२) लाई पराजित गरेका छन् । यस्तै वडा नम्बर २ मा एमालेका सुदीप श्रेष्ठ ५७५ मत ल्याएर निर्वाचित भएका छन् । उनले माओवादीका विषण्ुप्रसाद सापकोटा (४६३) लाई पराजित गरेका हुन् । यस्तै वडा न्मबर ३ मा एमालेका टेक बहादुर तामा ५५४ मतसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका दिपक कटुवाल (५१९) लाई पराजित गरेका हुन् । यस्तै वडा नम्बर ४ मा माओवादी केन्द्रका कुमार शर्मा १२०७ मत ल्याएर विजयी भएका छन् । उनले एमालेका राजु श्रेष्ठलाई (६३३) पराजित गरेका छन् । यस्तै वडा नम्बर ६ मा माओवादी केन्द्रका हेमबहादुर तामाङ ९६८ मत सहित विजयी भएकी छिन् । उनले एमालेका श्रीबहादुर बस्नेत (५९२)लाई पराजित गरेका हुन् । 

यस्तै इन्द्रावती १ मा एमालेका चिनलाल तामा ६९७ मतसहित विजयी भएका छन् । उनले काँग्रेसका श्री लामा (५३३)लाई पराजित गरेका हुन् । लामा यसअघिका वडाध्यक्ष थिए । यस्तै २ मा कांग्रेसका श्याम बहादुर गिरी ५६४ मतसहित विजयी भएका छन् । उनले एमालेका रामशरण गिरी (५६४) लाई पराजित गरेका हुन् । यस्तै ३ मा एमालेका भीमसेन थापा ४३३ मत ल्याएर विजयी भएका छन् । उनले कांग्रेसका नेत्र बहादुर बानियाँ (३४९) लाई पराजित गरेका हुन् ।​यहाँकाे वडा नम्बर ४ मा कांग्रेसबाट क्षेत्रबहादुर तामाङ र वडा  न ५ मा एमालेबाट शशीनाथ आचार्य विजयी बने ।

यस्तै जुगल गाउँपालिका १ मा कांग्रेसका जनक बहादुर तामाङ ५८४ मत ल्याएर विजयी भएका छन् । उनले एकीकृत समाजवादीका कमल थापा (५७७)लाई पराजित गरेका छन् । यस्तै वडा नम्बर २ मा एमालेका चन्द्रकाजी लामा ६१२ मत ल्याएर विजयी भएका छन् । उनले एमालेका प्रताप लामा (६०३) लाई पराजित गरेका छन् । 

यस्तै हेलम्बु गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका दावा ग्यालिजेन लामा (ह्योाल्मो)  १००३ मतसहित विजयी भएका छन् । उनले एमालेका अनिल लामा (५९६) लाई पराजित गरेका छन् । यस्तै वडा नम्बर २ मा कांग्रेसका पेम्बा लामा (ह्योल्मो) ८९८ मतसहित विजयी भएका छन् । उनले एमालेका मिङ्मार लामा (५८६) लाई  पराजित गरेका छन् । यस्तै वडा नम्बर ३ मा एमालेका दिपक खड्का ७१२ मत ल्याएर विजयी भएका छन् । उनले कांग्रेसका  छिरिङ लामा (६६०) लाई पराजित गरेका हुन् । यस्तै वडा नम्बर ७ मा कांग्रेसका निल बहादुर खड्काले ८३१ ल्याएर विजयी भएका छन् । उनले एमालेका विष्णु तामाङ (५४२) लाई पराजित गरेका हुन् ।  त्यस्तै वडा नम्बर ६ मा सञ्च बहादुर तामाङले ८०७ मत ल्याएर विजयी भएका छन् । उनले कांग्रेसका सुकुराम तामाङ (७५८) लाई पराजित गरेका हुन् । यस्तै हेलम्बुको वडा नम्बर ५ मा कांग्रेसका दीप कुमार तामाङ विजयी भएका छन् । उनले माओवादीका उम्मेदवार मिङमार तामाङ   (३०२) लाइ पराजित गरेका छन् । 

यस्तै पाँचपोखरी थापालधाप १ मा एमालेका  आलोक कुमार स्याङवो ८५४ मतसहित विजयी भएका छन् । उनले कांग्रेसका बजिर सिंह दोङ (६८२)लाई पराजित गरेका हुन् ।
 


Author

थप समाचार
x