स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेणु र विजयबीच कडा टक्कर: १० हजार मत गन्दा तीन मतको फरक

इकागज |
जेठ २, २०७९ सोमवार ८:३२ बजे

काठमाडौँ - भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।  पछिल्लो परिणाम अनुसार १० हजार २०६ मत गन्दा नेकपा माओवादीका रेणु दाहालले ३५७८ मत प्राप्त गरेकी छन् । 

उनलाई नेकपा एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् ।  सुवेदीले ३५७५ मत पाउका छन् । बागी उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत ल्याएका छन् । 


उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ४०४३ मतका साथ अग्र स्थानमा छन् भने राप्रपाका हिमाल गुरुङले २८१६ मतका साथ पछ्यारुहेका छन् । 
 


Author

थप समाचार
x