स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा विजयले बढाए अग्रता, ११००७ मत गन्दा ३३ मतले अगाडि

इकागज |
जेठ २, २०७९ ९:५२ बजे

चितवन - भरतपुर महानगरमा मतगणना जारी छ । हालसम्म ११००७ मत गन्दा एमालेका विजय सुवेदीले अग्रता लिएका छन्।

विजयले ३८३८ मत ल्याएका छन् भने माओवादीका रेणु दाहालले ३८०५ मत ल्याएकी छन् । विजय रेणुभन्दा ३३ मतले अगाडि छन् ।


अर्का उम्मेदवार जगन्नाथ पौडेलले १५११ मत ल्याएका छन् । 

उपमेयरमा चित्रसेन अधिकारी ( काङ्ग्रेस )ले ४३५२ मत ल्याउँदा हिमला गुरुङ्ग (राप्रपा )ले २९९८  मत ल्याएकी छन् ।



Author

थप समाचार
ad
x