स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा अग्रता बढाउँदै विजय, रेणु ४३ मतले पछाडि

इकागज |
जेठ २, २०७९ सोमवार १०:३९ बजे

चितवन - भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । ११,२०७ मतगणना गर्दा सुवेदीले ३८९९ मत प्राप्त गरेका छन् । रेणु दाहालको ३८५६ मत छ । रेणु सुवेदीभन्दा ४३ मतले पछाडि छिन् । 

अर्का उम्मेदवार जगन्नाथ पौडेलले १५४८ मत प्राप्त गरेका छन् । 


उपमेयरमा ४४३१ मतका साथ चित्रसेन अधिकारी ( काङ्ग्रेस ) अग्र स्थानमा छन् भने ३०४१ मत ल्याएर हिमला गुरुङ्ग (राप्रपा ) पछ्याइरहेका छन् । 


Author

थप समाचार
x