स्थानीय तह निर्वाचन २०७९

हेटौंडामा मतान्तर बढाउँदै समाजवादी, एमाले तेस्रोमा

इकागज |
जेठ २, २०७९ सोमवार १४:११ बजे

मकवानपुर - स्थानीय तह सदस्य निर्वाचनको मत परिणाममा हेटौंडाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार मिना लामाले आफ्नो मतान्तर बढाउँदै लगेकी छिन् । बिहान १ मतको अन्तरमा रहेकी लामाले अहिले १९० मत अन्तर बनाएकी छिन् ।

हेटौंडाको १३ हजार ४९५ मत गन्दा लामाले ४ हजार १३५ मत प्राप्त गरेकी छन् । केही मय अघिसम्म पहिलो स्थानमा रहेका राप्रपाका दिपक बहादुर सिंह दोश्रो स्थानमा झरेका छन् ।


उनले ३ हजार ९४५ मत प्राप्त गर्दा एमालेका अनन्तप्रसाद पौडेलले ३ हजार ५५२ मत प्राप्त गरेका छन् । हेटौँडामा हालसम्म वडा नम्बर १ र १९ को मतगणना सकिएको छ ।

जसमा वडा नंबर १ मा नेपाली कांग्रेसका सविन न्यौपाने तथा वडा नम्बर १९ मा नेकपा एमालेका नरनाथ सुवेदी विजयी भएका छन् । हाल वडा नम्बर २, ३, ४, १७ को मतगणना जारी छ । वडा ४ को मत गन्दै गर्दा वडामा भने एमालेका पौडेलले अग्रता लिएका छन् ।


Author

थप समाचार
x