स्थानीय तह निर्वाचन २०७९

‘चपली हाइट’ अभिनेता गोदावरी नगरपालिका ३ मा निर्वाचित

इकागज |
जेठ २, २०७९ सोमबार १४:१४ बजे

ललितपुर -  ‘चपली हाइट’ अभिनेता राज घिमिरे ललितपुरको गोदावरी नगरपालिका वडा नं ३ को अध्यक्षमा विजयी भएका छन् । उनले एमालेको उम्मेदवारलाई पराजित गर्दै अध्यक्षमा जित पक्का गरेका हुन् । घिमिरे माओवादी केन्द्रबाट उम्मेदवारी दिएका थिए । 

घिमिरेले १० मतान्तरसहित अध्यक्षमा विजय हासिल गरेका हुन् । विजयी घिमिरेले एक हजार ५९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका श्रीराम आचार्यले एक हजार ४९ मत प्राप्त गरेका थिए । आचार्य गोदावरी नगरपालिकाको सातौँ तहको जागिर छाडेर उम्मेदवार बनेका थिए ।


घिमिरेको पृष्ठभूमि मोडलिङ भए पनि उनी पछिल्लो केही वर्षयता गोदावरी क्षेत्रमा सामाजिक काममा सक्रिय रहँदै आएका थिए । वडाध्यक्षमा विजयी भएका घिमिरेले अध्यक्षको हैसियतले पाउने कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नाममा आएको तलबभत्ता शिक्षाबाट वञ्चित भएका बालबालिकाका लागि खर्च गर्ने बताएका छन् ।


Author

थप समाचार
x