स्थानीय तह निर्वाचन २०७९

सिन्धुपाल्चोकको बाह्रविसेमा साख फर्कायो कांग्रेसले

इकागज |
जेठ २, २०७९ सोमबार २३:४१ बजे

सिन्धुपाल्चोक– अघिल्लो स्थानीय चुनावमा गुमाएको बाह्रविसे नगरपालिका यसपटक कांग्रेसले जितेको छ । यो नगर नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्यसमेत रहेका पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको नगर हो । 
बाह्रविसेलाई कांग्रेसको गढ मानिन्छ । यहाँ कहिल्यै कांग्रेस हारेको थिएन । तर, स्थानीय तह निर्वाचन २०७४ मा आन्तरिक कलहका कारण यो नगर कांग्रेसले गुमाएको थियो । 

अहिले कांग्रेसले आफ्नो साख फर्काएको छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन्।


कांग्रेस उम्मेदवार बालकृष्ण बस्नेतले ७७२८ मत ल्याएर जितेका हुन्। यहाँ नेकपा एमालेका मेयर उम्मेदवार निमफून्जो शेर्पा पराजित भए। उनले पाँच हजार चार सय ३३ मत ल्याएका छन्। उनी यहाँका निवर्तमान मेयर हुन् ।

यस्तै उपमेयर पनि कांग्रेसले जितेको छ। मन्जु तामाङले उपमेयर जितिन्। उनले ६९७७ मत ल्याएकी छन्।

यहाँ एमाले उम्मदेवार सुशीला पाख्रिनले पाँच हजार नौ सय ९० मत ल्याएकी थिइन्। उनी पनि निवर्तमान उपमेयर हुन् ।


Author

थप समाचार
x