स्थानीय तह निर्वाचन २०७९

धादिङमा ५१ वडाको मत परिणाम सार्वजनिक हुँदा कसले कहाँ जिते ?

इकागज |
जेठ ३, २०७९ मगलवार ०:४३ बजे

काठमाडौँ- शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । धादिङमा १३ वटा स्थानिय तह र १०४ वटा वडा रहेको छ । अहिले १०४  वडामध्ये ५१ वटाको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा कांग्रेसले १६, माओवादी केन्द्रले १६,एमालेले ७, राप्रपाले ४, एकीकृत समाजवादीले ४,जसपाले १ वडाध्यक्ष पद जितेको छ भने र ३ जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

पछिल्लो नतिजाअनुसार बेनिघाट रोराङ गाउँपालिकाको-७ मा माओवादी केन्द्रका कुमार बस्नेत विजयी भएका छन् भने गल्छी गाउँपालिका-६ मा कांग्रेसका दिपककुमार कार्की विजयी  भएका छन् ।


सिद्धलेक गाउँपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेका देवबहादुर पुलामी मगर तथा बेनिघाट रोराङ गाउँपालिका–६ मा माओवादी केन्द्रका राजेन्द्र सिलवाल विजयी भएका छन् ।
थाक्रे गाउँपालिका–२ मा माओवादी केन्द्रका टिकाराम तामाङ,  गजुरी गाउँपालिका–५ मा माओवादी केन्द्रका गोबिन्द लामिछाने विजयी भएका छन् । धुनीबेंसी नगरपालिका-५ मा स्वतन्त्रबाट विशाल भट्टराई विजयी भएका छन् । धुनीबेंसी नगरपालिका-६ मा माओवादी केन्द्रका रमेशप्रसाद आचार्य निर्वाचित भएका छन् ।

नीलकण्ठ नगरपालिका-४ मा नेकपा एमालेका उम्मेदवार हरि श्रेष्ठ, नेत्रावती डबजोङ गाउँपालिका-३ मा कांग्रेसका सुरेश वाइवा विजयी भएका छन्। ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र कृष्णबहादुर गुरुङ विजयी भएका छन् । खनियावास गाउँपालिका-४ मा कांग्रेसका लिलामान तामाङ तथा ज्वालामुखी गाउँपालिका-३ को अध्यक्षमा कांग्रेसका उमेश श्रेष्ठ विजयी भएका छन् ।

बेनिघाट रोराङ गाउँपालिका-५ मा माओवादी केन्द्रका रोशन कुमार सिलवाल विजयी भएका छन् । गल्छी गाउँपालिकाको वडा नम्बर ५ मा माओवादी केन्द्रका सरोज तामाङ विजयी भएका छन । रुबिभ्याली गाउँपालिकाको- ४ राप्रपाका प्रशान्त तामाङ विजयी भएका छन् भने सिद्वलेक गाउँपालिका–२ मा नेपाली कांग्रेसका सागर गुरुङ विजयी भएका छन् । गजुरी गाउँपालिका-४ मा काँग्रेसका सुरेन्द्र चेपाङ विजयी भएका छन् ।

नीलकण्ठ नगरपालिका-३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–१ मा काँग्रेसका भीमप्रसाद भट्ट विजयी भएका छन् ।
गजुरी गाउँपालिका-३ मा काँग्रेसका ऋषि लाल श्रेष्ठ विजयी भएका छन् । गंगाजमुना गाउँपालिका-७ मा एकीकृत समाजवादीका रविन अधिकारी विजयी भएका छन् ।
रुविभ्याली–३ मा जसपाका दोर्जे तामाङ विजयी भएका छन् । खनियाबास–३ मा राप्रपाका कमानसिङ तामाङ विजयी भएका छन् । धुनीबेंसी नगरपालिका–४ मा एकीकृत समाजवादीका हरि सुवेदी विजयी भएका छन् ।

गल्छी गाउँपालिका–४ मा काँग्रेसका राजु अधिकारी विजयी भएका छन् । निलकण्ठ नगरपालिका-२ अध्यक्षमा माओवादी केन्द्रका ध्वज बहादुर गुरुङ विजयी भएका छन् । गजुरी गाउँपालिका–२ को अध्यक्षमा काङ्ग्रेसका द्रोण कंडेल विजयी भएका छन् । बेनीघाट रोराङ गाउँपालिका-४ को वडाध्यक्षमा माओवादी केन्द्रका राजु बहादुर मगर विजयी भएका छन् ।

नेत्रावती डबजोङ गाउँपालिकाको–२ मा कांग्रेसका मीनबहादुर तामाङ विजयी भएका छन् । धुनीबेंसी नगरपालिका २ मा एकीकृत समाजवादीका लक्ष्यजित तामाङ भएका छन् । धुनीबेंसी नगरपालिका-३ मा काँग्रेसका प्रकाश हमाल विजयी भएका छन् । गजुरी गाउँपालिका-१ मा माओवादी केन्द्रका तारा भण्डारी विजयी भएका छन् ।
ज्वालामुखी गाउँपालिका वडा नं २ को वडाध्यक्षमा काँग्रेसका राजु लोप्पा विजयी भएका छन् । बेनिघाट रोराङ वडा नम्बर ३ मा एमालेका भुवन त्रिपाठी विजयी भएका छन् । सिद्धलेक गाउँपालिका-१ मा माओवादी केन्द्रका पेमा वाङ्ग्याल लामा विजयी भएका छन् । खनियावास गाउँपालिकाको वडा नं १ मा राप्रपाका सोनम तामाङ विजयी भएका छन् । खनियावास गाउँपालिकाको वडा नम्बर २ मा राप्रपाका अरुण कुमार तामाङ विजयी भएका छन् ।

थाक्रे गाउँपालिका-१ मा नेकपा एमालेका श्याम थापा विजयी भएका छन् । गंगाजमुना गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बहादुर सिं लामा विजयी भएका छन् । बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका हेमराज भुजेल विजयी भएका छन् ।

गल्छी गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेका षडानन्द खनाल विजयी भएका छन् । रुबिभ्याली गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा एकीकृत समाजवादीका रुपा घले विजयी भएका छन् । धुनीबेंसी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका मान बहादुर तामाङ विजयी भएका छन् ।

नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका ठाकुर गुरुङ विजयी भएका छन् । ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका कृष्ण गिरी विजयी भएका छन् । नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका गणेश गुरुङ विजयी भएका छन् ।
रुबिभ्याली गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका पम्बर तामाङ विजयी भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसका जिवन सिं तामाङ विजयी भएका छन् । गल्छी गाउँपालिकाको वडा नम्बर १ मा यदु कुमार खतिवडा विजयी भएका छन् । गल्छी गाउँपालिकाको वडा नम्बर ३ मा गठबन्धनको माओवादी केन्द्रमा राजन भुजेल विजयी भएका छन् ।


Author

थप समाचार
x