स्थानीय तह निर्वाचन २०७९

स्वतन्त्रबाट चुनाव लडेका केसी बने गाउँपालिका अध्यक्ष

इकागज |
जेठ ३, २०७९ मगलवार ३:२८ बजे

काठमाडौं– कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । माओवादी केन्द्का उम्मेदवारलाई हराउँदै स्वतन्त्रका उम्मेदवार गाउँपालिकाको अध्यक्षमा निर्वाचित बने ।

स्वतन्त्रका मोहनबहादुर केसी १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३ सय २५ मत पाए ।


यो गाउँपालिकाको उपाध्यक्ष पदमा भने एमालेकी पार्वती सिँह विजयी बनिन् । उनले  १ हजार ६ सय ८१ मत ल्याइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १ हजार २ सय २२ मत पाएकी छन् ।


Author

थप समाचार
x