स्थानीय तह निर्वाचन २०७९

अघिल्लाेपटक १ मतले चुकेका साउद ठूलाे मतान्तरले बने गाउँपालिका अध्यक्ष

इकागज |
जेठ ३, २०७९ मगलवार ५:२९ बजे

काठमाडाैँ -२०७४ को स्थानीय निर्वाचनमा १ मतले गाउँपालिकाको अध्यक्ष हुनबाट चुकेका अछामको चौरपाटीका भीम साउदले यसपटक चुनाव जितेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका साउदले यसपटक १ हजार ४ सय ८६ मतान्तरले विजयी भए ।

अछामको चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा उनले ३ हजार ९ सय ८२ मत प्राप्त गरे ।  उनले नेकपा एमालेका रामबहादुर आउजीलाई पाखा लगाउँदै अध्यक्ष बनने सपना साकार पारेका हुन् । 
उनका निकटतम प्रतिद्वन्द्वी आउजीले २ हजार ५ सय ६ मत प्राप्त गरे ।


अघिल्लोपटक साउदलाई हराउँदै एक मतले अध्यक्षमा विजयी भएका हर्क साउद भने एसपटक तेस्रो भए । उनले १ हजार ४ सय ७४ मत ल्याए । उनी नेकपा एकीकृत समाजवादीबाट चुनावी स्पर्धामा होमिएका हुन् ।

सो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै सरदेवी खड्का विजयी भइन्। उनले ३ हजार ७ सय ३४ मत ल्याउँदा एमालेकी अनिता खड्काले २ हजार ४ सय ९१ मत प्राप्त गरिन् ।


Author

थप समाचार
x