स्थानीय तह निर्वाचन २०७९

विराटनगरमा निकै अघि बढे नागेश

इकागज |
जेठ ३, २०७९ मंगलबार ५:५५ बजे

काठमाडौँ- विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता बढाएका छन्। जारी पछिल्लो मतगणनाअनुसार कोइरालाले ७ हजार १ सय २५ मत ल्याइ प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापासँगको दुरीमा १७ सय १९ मतको अग्रता कायम राखेका छन्। थापाले ५ हजार ४ सय ६ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ४ सय ६१ मत ल्याएका छन् । महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्कीले अग्रता कायम राखेकी छन् । उनले ६ हजार १ सय ७७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अरमेन्द्र यादवले ४ हजार ७७ मत पाएका छन् ।



Author

थप समाचार
x