रोजगारी

सुदूरपश्‍चिम लोकसेवा आयोगद्वारा इन्जिनियरिङ्गका लागि चौथो र पाँचौ तह पदमा आवेदन माग

इकागज |
असार ८, २०७९ बुधबार ९:८ बजे

फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्‍चिमको प्रदेश लोकसेवा आयोगले निजामती सेवा अन्तर्गत नेपाल इन्जिनियरिङ्गका लागि चौथो र पाँचौ तह पदका आवेदन खुला गरेको छ ।

खुलामा ७ जना, महिला ३ र अन्यमा आदिवासी जनजाति २ जनाको माग गरेको छ । इच्छुक उम्मेदवारले असार २८ गते र दोब्बर दस्तुर तिरेर भदौ ४ गतेसम्म आवेदन बुझाउन पाउने छन् ।


पुरुष उम्मेदवारको हकमा १८ वर्ष पुगी ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । परीक्षाको किसिम लिखित र अन्तर्वाता हुनेछ । अंग्रेजी र नेपाली दुवै भाषामा परीक्षा हुनेछ ।

पाँचौ तहका प्राविधिक पदहरू सब इञ्जिनिययर सिभिल जनरल हाइवे खुलामा ३, सब इञ्जिनिययर सिभिल जनरल हाइवे महिला १, सब इञ्जिनिययर सिभिल विल्डिङ एण्ड आर्किटेक २, सब इञ्जिनिययर सिभिल विल्डिङ एण्ड आर्किटेक १ र सब इञ्जिनिययर सिभिल विल्डिङ एण्ड आर्किटेक आदिवासी जनजाती १ जना रहेका छन् ।

चौथो पदका प्राविधिक पदहरू खानेपानी तथा सरसफाई टेक्निसियन इञ्जिन सेवा सिभिल स्यानटरी खुलामा २,  खानेपानी तथा सरसफाई टेक्निसियन इञ्जिन सेवा सिभिल स्यानटरी महिला १ र खानेपानी तथा सरसफाई टेक्निसियन इञ्जिन सेवा सिभिल स्यानटरी आदिवासी जनजातीको १ जनाको माग गरेको छ ।


Author

थप समाचार
x