रोजगारी

वैदेशिक रोजगारीमा ठगिएका परिवारलाई दुई करोड ५२ लाख क्षतिपूर्ति

इकागज |
असार १४, २०७९ मंगलबार २०:५६ बजे

फाइल फोटो

मकवानपुर - मकवानपुरबाट वैदैशिक रोजगारीमा जाने क्रममा विभिन्न कारणले ठगिएर दुःख पाएका परिवारलाई हेटौँडाको एक संस्थाको सहयोगमा दुई करोड ५२ लाख ५७ हजार सम्बन्धित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।
 
हेल्भिटास नेपालको सहकार्यमा मकवानपुरको हेटौँडामा रहेको सुरक्षित आप्रवासन स्रोत केन्द्रको सहयोगमा सो रकम उपलब्ध गराइएको हो । वैदैशिक रोजगारमा जाने क्रममा निधन भएका र ठगी तथा विदेशी रोजगारदाता कम्पनीसँग असुलउपर गर्न बाँकी रहेको सो रकम सम्बन्धित परिवारलाई भुक्तानी गरिएको हो । 

हेल्भिटास नेपालको सुरक्षित आप्रवासन सामी परियोजना कार्यक्रमका संयोजक अन्जिता थापामगरका अनुसार लामो समयको पहलपछि सो केन्द्रको सहयोगमा क्षतिपूर्ति उपलब्ध गराइएको हो । 


केन्द्रमा ठगीका ५०, उद्धारका २५ तथा मृत्युका २८ मुद्दा दर्ता भएका थिए । एकीकृत ग्रामीण विकास सेवा संस्थाको साझेदारीमा उक्त परियोजना स्थानीय तहमार्फत सञ्चालन हुँदै आएको छ ।   


Author

थप समाचार
x