रोजगारी

मलेसियाद्वारा नेपाली कामदारलाई आफ्नै देशको कामदारसरह सेवा सुविधा दिने प्रतिबद्धता

इकागज |
माघ २०, २०७९ शुक्रवार १६:२५ बजे

काठमाडौँ- मलेसिया सरकारले नेपाली कामदारलाई आफ्नै देशको कामदार अनुसार सेवा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।

नेपाल भ्रमणमा रहेका मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेतृत्वको टोली र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको टोलीबीच शुक्रबार काठमाडौँमा भएको छलफलका क्रममा नेपाली कामदारहरूलाई मलेसियाको स्थानीय कामदारसरह सेवा सुविधा दिने प्रतिबद्धता जनाएको हो ।


मलेसियामा नेपाली कामदार पठाउँदा सीपयुक्त बनाएर पठाउने जिम्मेवारी आफूहरूको रहेको र सेवा सुविधामा कुनै कमी हुन नदिने मलेसियाको प्रतिबद्धता रहेको मन्त्री अर्यालले जानकारी दिए ।

बैठकमा श्रम सम्झौता नवीकरण गर्न मलेसियाको प्रस्ताव रहेको र आवश्यक सुधार गरी नवीकरण गर्ने कुरा भएको मन्त्री अर्यालले बताए ।

त्यस्तै मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसियामा नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेको बताए । मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको र यसले नेपाली कामदारलाई फाइदा हुने उनले जानकारी दिए ।

मलेसियन सरकारले कामदार सहज भर्ना प्रक्रिया र पुनः क्यालिब्रेसन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।


Author

थप समाचार
x