रोजगारी

कोरियन भाषा परीक्षा पुस १ गतेदेखि हुने (सूचनासहित)

इकागज |
कात्तिक २९, २०७८ सोमबार १३:२१ बजे

फाइल तस्बिर

काठमाडौँ - कोरियन भाषा परीक्षा आगामी पुस १ देखि ७ गतेसम्म संचालन हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले सूचना जारी गरी भाषा परीक्षा पुस १ गतेदेखि हुने जनाएको छ ।

परीक्षाको एक महिनामै नतिजा प्रकाशन गरिने इपिएस शाखाले जनाएको छ । उत्पादनमुलक, कृषि तथा पशुपालन क्षेत्रमा काम गर्नका लागि कोरियाले नेपाली युवाहरूलाई लैजानेछ । भाषा परीक्षाको लागि मंसिर ६ देखि ८ गतेसम्म आवेदन दर्ता गराइसक्नुपर्नेछ । अनलाइनमार्फत आवेदन दर्ता गर्नुपर्नेछ । अनलाइनबाट आवेदन भरिसकेपछि प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी सुरक्षित राख्नुपर्नेछ ।


परीक्षा शुल्क अमेरिकी डलर २४ तोकिएको छ । राष्ट्र बैंकले तोकेको सो बराबरको बिनिमयदरको हिसावले नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको खातामा जम्मा गरिदिनुपर्नेछ ।

 


Author

थप समाचार
x