रोजगारी

बेरोजगार हुनुहुन्‍छ ? रिलायन्स ईन्स्योरेन्समा जागिर खुल्यो

इकागज |
पुस १२, २०७७ आइतबार ११:२ बजे

काठमाडौं : रिलायन्स लाइफ ईन्स्योरेन्सले आफ्ना १२ शाखा तथा क्षेत्रीय कार्यालयमा जागिर खुलाएको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कार्यालयहरूमा जागिर खुलाएको हो ।

कम्पनीले बजार प्रतिनिधि, क्षेत्रीय प्रबन्धक र शाखा प्रमुख पदका लागि कर्मचारी मागेको हो । इलाम, दमक, चाबहिल, पोखरा र भैरहवा शाखामा बजार प्रतिनिध आवश्यक परेको कम्पनीले जानकारी दिएको छ ।


पाटन, चरिकोट र दमौली शाखामा शाखा प्रमुख मागिएको छ । त्यस्तै साखु र फर्पिङको उपशाखाका लागि पनि शाखा प्रमुख मागेको हो । काठमाडौं क्षेत्रीय कार्यालय र पोखरा क्षेत्रीय कार्यालयमा क्षेत्रीय प्रबन्धक मागिएको कम्पनीले जानकारी दिएको छ ।

सात दिनभित्र जागिरका लागि आवेदन दिनपुर्ने उल्लेख छ । न्यूनतम योग्यता स्नातक तह उत्तिर्ण हुनुपर्नेछ । जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा कार्यानुभव भएकालाई प्राथमिकतामा राखेको छ ।


Author

थप समाचार
x