रोजगारी

पोखरामा खुल्यो सिनेमा हल र रात्री व्यवसाय

इकागज |
फागुन ६, २०७८ शुक्रबार २०:१८ बजे

फाइल फोटो

पोखरा : कास्की जिल्लामा कोरोना सङ्क्रमणमा कमी आएपछि प्रशासनले यसअघि रोक लगाएका व्यवसाथ तथा सेवा सञ्चालनको अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी पछिल्ला दिनमा जिल्लाको सङ्क्रमण दरमा कमी आएकाले यसअघिको आदेशमा सञ्चालन रोक लगाइएका व्यवसायलाई स्वास्थ्य मापदण्डको पालना गर्ने गरी खुला गरिएको जनाएको हो ।

प्रशासनले सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके बजार, स्पा सेन्टर र व्यूटीपार्लरलगायत पेशा व्यवसाय खोल्न अनुमति दिएको हो । यसैगरी डान्सबार, दोहोरी, नाचघर, क्लब र रेष्टुरेण्टलगायत रात्रीकालीन व्यवसाय तोकिएका स्वास्थ्य सुरक्षा मापण्ड पालना गरी राति १२ बजेसम्म सञ्चालन हुने गरी खुला गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । 


उनका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आजको बैठकले जिल्लामा थप सेवा तथा व्यवसाय सञ्चालन गर्ने सक्ने गरी अनुमति दिने निर्णयानुसार रात्रीकालीन व्यवसाय खुला गरिएको हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सहितको सङ्क्रमण रोकथाम तथा नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन भन्दै प्रशासनले गत पुस अन्तिम सातादेखि जिल्लामा  निषेधाज्ञाको आदेश जारी गरेको थियो । 

पछिल्लो समय कोरोना घट्दै गएपछि गत फागुन १ गतेदेखि विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न प्रशासनले अनुमति दिएको थियो । रासस 
 


Author

थप समाचार
x