रोजगारी

चाँगुनारायणका तीन सय युवाले बिनाधितो ३ लाख रुपैयाँ उद्यमशील कर्जा पाउने

इकागज |
चैत ४, २०७७ बुधबार १५:४६ बजे

भक्तपुर : चाँगुनारायणका युवाहरुको उद्यमशीलता वृद्धि गरी स्वरोजगारतर्फ उन्मुख गराउन नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम सुरु गरेको छ ।

चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका तीन सय युवालाई बिनाधितो र बिनाब्याज तीन लाख रुपैयाँ कर्जा दिने सहमति भएको हो । 
कर्जा दिनका लागि नगरपालिका र बैंकले 'सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता' तालिम दिन सुरु गरेको छ । 


राष्ट्रिय युवा पषिद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा तीन सय ७० जना युवालाई १० समूहमा विभाजन तालिम दिइने नगरपालिकाले जनाएको छ ।

तालिमपश्चात नेपाल बैंकले तीन सय युवालाई व्यावसायिक प्रस्तावका आधारमा र नगरपालिकाको जमानीमा तीन लाख रुपयाँका दरले बिना ब्याज कर्जा दिनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै कार्यकारी उपाध्यक्ष ढगेलले प्रभावकारी सहुलियतपूर्ण कर्जा कायान्वयनका लागि परिषद्ले युवा र बैंकलाई जोड्ने बताए । उनले बैंकले युवाको प्रस्तावको आधारमा कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल बैंकको नायव सीइओ प्रकाश अधिकारीले आवश्यक कागजातसहित प्रकि्रयामा आए बैंकले प्रस्ताव हेरेर लगानी गर्ने बताए । 

युवाहरुलाई उद्यमशीलताका लागि बिना ब्याज तीन लाख रुपैयाँ ऋण दिएर कार्यक्रम सञ्चालन गर्ने चाँगुनारायण देशकै पहिलो नगरपालिका भएको छ ।


Author

थप समाचार
x